गोठाला बालबालिकाहरुले फेला पारेको पुरातात्विक बहुमुल्य धातु प्रहरीको नियन्त्रणमा - our manasalu blog

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday 20 June 2013

गोठाला बालबालिकाहरुले फेला पारेको पुरातात्विक बहुमुल्य धातु प्रहरीको नियन्त्रणमा

संजापू अन लईन मिडिया 
बाजुरा, असार ६ - कोटिला-१ का दुई जना गोठाला बालबालिकाहरुले माटोमुनि गाग्रोमा गाढेर राखेको अवस्थामा फेला पारेका पुरातात्विक महत्वका बहुमुल्य धातुहरु प्रहरीले नियन्त्रणमा लिएको  छ ।
फेला परेका धातुहरुमा एकमुखे मुगा, शेषनाग लगायत विभिन्न आकृतिका सुनका गहनाहरु २० थान, उर्दु भाषा अंकित चाँदीको सिक्का लगायत २६ थान चाँदीका गहनाहरु, काँसाका कचौराहरु, र तामाको गाग्री एक साताअघि फेला परेको हो । गाई वस्तु चराउन गएका बेला खैल्दै गर्दा १३ वर्षीय टोप चँदारा र नेत्रवीर चँदाराले जंलगको बीचमा माटोमुनि गाडेर राखेको अवस्थामा तामाको गाग्री भेटाएपछि नजिकै रहेका गाउँलेहरुलाई खबर गरेका थिए ।
१० जनाको मिलेमतोमा उक्त तामाको गाग्री झिकेर फेला परेका धातुहरु भागवण्डा गर्ने क्रममा दुई जनाले आफुहरुलाई कम भाग परेको भन्दै कोल्टीस्थित प्रहरी चौकीमा उजुरी गरेपछि ती वस्तुहरु नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक प्रदिप डीसीले बताए । प्रधान कार्यालयको आदेश अनुसार ती धातुहरु ब्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here